मुगु । नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको गृह वडामै वडा अध्यक्षको बागी उम्मेदवारी परेको छ । छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँको वडा अध्यक्षका उम्मेदवार गगन शाहीविरुद्व सोही वडाका बहालवाला वडा सभापति धर्मेन्द्र शाहीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिने व्यक्तिलाई उम्मेदवारी फिर्ता लिन भने पनि वडा नम्बर ७ का वडा अध्यक्ष पदका उम्मेदवार शाहीले निर्देशन मानेका छैनन् । यहाँ पार्टीले गगनबहादुर शाहीलाई वडा अध्यक्षको टिकट दिएको थियो ।
स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएका शाहीले राजीनामा पत्र जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीमा गरेको त्याग तपस्या, परम्परालाई निरन्तरता दिँदा पनि पार्टीको सिद्धान्तअनुसार आफूमाथि कुनै पनि न्याय नभएको हुँदा १६ वैशाखदेखि लागु हुने गरी पार्टीको सामान्य सदस्यबाट समेत राजीनामा दिएको छु ।’
मुगुका वडा नम्बर ५, ७, १० र ११ मा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी परेको कांग्रेस मुगुका एक नेताले बताए । यसले औपचारिक उम्मेदवारलाई धक्का पुग्ने उनको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend