Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्धिखर्क नगरपालिकाका मेयरसहित जनप्रतिनिधिले दिए राजीनामा


    शनिबार, बैशाख १० २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख कमल प्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन् ।

    नगरप्रमुख भुसालले उपप्रमुख ठाकुर कुमार बिकसमक्ष राजीनामा दिएका हुन् । ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजिनामा स्वीकृत गरेपछि नगरप्रमुख भुसालले उपप्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।

    नगरप्रमुख भुसाल नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । भुसाल नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको भावी उम्मेदवारको रुपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार