दाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिकाका वडाहरुमा वडा अध्यक्षका उमेदवारहरुको टुंगो लगाएको छ ।
लामो रसाकसीपछि एमालेले तुलसीपुरमा पुरानजै अनुहार दोहराएर वडा अध्यक्षको उम्मेदवार छनोट गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा उमेदवारहरुको अन्तिम नाम सार्वजनिक भए सँगै यस्तो अवस्था देखिएको हो । उमेदवारहरु मध्ये अधिकांश वडामा यस अघि निर्वाचित जनप्रतिनिधि र प्रत्यासी उमेदवारहरु रहेका छन् ।
विशेषगरी वडा अध्यक्षमा उनीहरुको नाम दोहोरिएको छ । एमालेको तर्फबाट तुलसीपुर १ को अध्यक्षमा लक्ष्मण भण्डारीको नाम टुंगो लगाइएको छ । भण्डारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
वडा नम्बर २ को अध्यक्षमा भिम बहादुर योगी यस अघि अध्यक्षमा पराजित भएका थिए ।
यस अघि उनी कांग्रेसका वडा अध्यक्ष राजु आचार्यसंग पराजित भएका थिए । वडा नम्वर ३ को वडा अध्यक्ष वीर बहादुर विक, ४ मा बालकृष्ण राना (धुव्र) फेरी चुनाव लड्ने भएका हुन् ।
दुवै जना एमालेबाट निर्वाचित बहालवाला वडा अध्यक्ष हुन् । यस्तैगरी वडा नम्वर ५ को अध्यक्षमा पदम पोख्रेल जेठुकान्छु, वडा नम्वर ६ मा दुजमान भण्डारी तय भएका छन् ।
पोख्रेल नयाँ अनुहार हुन् भने भण्डारी तुलसीपुर ६ का वडा सदस्य हुन् । यस्तैगरी वडा नम्वर ७ मा डिल्ली भण्डारी, ८ मा धर्म वली, ९ मा बामदेव न्यौपाने, १० मा यमराज केसी, ११ मा मान बहादुर रावत, १२ मा मान बहादुर केसी, १३ मा मोहन पौडेल रहेका छन् ।
पौडेल यस अघि वडा अध्यक्षको प्रत्यासी हुन् । केसी वडा सदस्य हुन् । रावत नगरको कर्मचारीबाट गएका व्यक्ति हुन् । वडा नम्वर १४ मा कृष्ण बहादुर केसी, १५ मा लक्ष्मण चौधरी, चौधरी बहालवाला वडा अध्यक्ष हुन । १६ मा अमर खड्का, १७ मा लहरु चौधरी, १८ मा माधव वली, वली बहालवाला अध्यक्ष हुन् भने १९ मा प्रेमनाथ योगी वडा अध्यक्षमा चुनाव लड्न
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend