महोत्तरी । वहालवाला जनप्रतिनिधिले स्थानीय तहमा उम्मेदवार बन्न चाहेमा अनिवार्य राजीनामा दिनुपर्ने प्रावधानअनुसार महोत्तरीमा धमाधम राजीनामा आउन थालेको छ ।
उम्मेदवारको दाबी गर्ने वहालवाला जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका हुन् ।
शुक्रवारमात्र जिल्लाका झण्डै ५० जनाभन्दा बढीले राजीनामा दिएका छन् । १५ वटै पालिकामा अघिल्लो निर्वाचनमा निर्वाचित वडा सदस्य देखि पालिका प्रमुखसम्मले राजफनामा दिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले जानकारी दिए ।
उम्मेदवार मनोनयन दर्ता गर्न जाँदा राजीनामा दिएको निस्सा अनिवार्य गरेको हुनाले जनप्रतिनिधिका अकाङक्षी वहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिइरहेका हुन् ।
बर्दिबासस्थित वडा न.३ मा आजै वडा सदस्यदेखि वडा अध्यक्षसम्मले राजीनामा दिएका छन् । हालका वहालवाला वडा सदस्य गणेश बस्नेतलाई पाटीले वडा अध्यक्षमा सिफारिस गरेको छ भने वडा अध्यक्ष राजन ढुङगना नगरप्रमुखका दावेदार हुन् ।
त्यसैगरी वडा न.७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले पनि आजै राजीनामा दिएका छन् । उनी नेकपा एमालेवाट नगरप्रमुखको दावेदार हुन् । त्यसैगरी वडा न.२, वडा न.१३ वाट पनि राजीनामा आएको प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले जानकारी दिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend