काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ ।
अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुन सुचारु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिहरुले सम्बन्धित निर्वाचन कार्यलयमा गई दर्ता गर्ने, त्रुटी सच्याउने लगायतका कार्य गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भए पछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएको भएको आयोगले जनाएको छ ।
यस्तो छ आयोगको विज्ञप्ति
प्रेस विज्ञप्ति
मिति २०७९।१।९
मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने सम्बन्धमा
संवत् २०७९ बैशाख ३० गते शुक्रवार निर्वाचन हुने गरी नेपाल सरकारबाट स्थानीय तहको निर्वाचन घोषणा भए पश्चात निर्वाचन आयोगबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य मतदाता नामावली ऐन, २०७३ मा भएको निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था बमोजिम मिति २०७८/१०/२५ बाट स्थगित भएको थियो । मतदाता नामावली संकलन कार्य स्थगन भए पश्चात आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई मिति २०७८/११/१९ देखि ऐ. २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भएकोमा उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने, कुनै दावी विरोध भए सो सम्बन्धी निवेदन दिने लगायतका कार्यक्रम सञ्चालन भएका
थिए । उक्त कार्यका लागि अनलाइनबाट समेत निवेदन दिने सुबिधा प्रदान गरिएको थियो । यसरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात आयोगबाट मिति २०७८/१२/१३ गते दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।
अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भए पछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै मतदाता नामावली थपघट गर्न, हेरफेर गर्ने लगायतका कार्य नितान्त आयोगको क्षेत्राधिकार भित्र रहेको र यस सम्बन्धमा मतदाता नामावली ऐन,२०७३ को दफा २९ बमोजिम कुनै अदालतमा प्रश्न उठाउन नपाइने व्यहोरा समेत सम्बन्धित सबैमा आयोग अनुरोध
गर्दछ ।
यसर्थ स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगले मिति २०७८।१२।१३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने भएकोले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुन सुचारु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिहरुले सम्बन्धित निर्वाचन कार्यलयमा गई दर्ता गर्ने, त्रुटी सच्याउने लगायतका कार्य गर्न सकिने तर निर्वाचन अवधिमा मतदाता नामावली सम्बन्धी कुनै पनि कार्यहरु सम्पादन नहुने व्यहोरा सम्बन्धित सबैमा आयोग अनुरोध गर्दछ ।
(शालिग्राम शर्मा पौडेल)
सहसचिव एवम् प्रवक्ता
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend