Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भिरबाट लडेर म्यादी प्रहरीकाे मृत्यु


    बिहिबार, बैशाख ८ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका एक जनाको भीरबाट लडेर ज्यान गएको छ ।

    चौतारा सागाचोकगढी नगरपालिका-६ का दुर्गासिंह बस्नेत सोही नगरपालिकाको वडा नम्बर ७ स्थित मेलचौरमा प्रशिक्षणका लागि सहभागी हुने क्रममा लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बुधबार म्यादी प्रहरीको प्रशिक्षण कार्य सम्पन्न भए पश्चात् घर फर्किने क्रममा ज्यान गएको हो ।

    बिहीबार बिहान ६ बजे चौतारा-६ पिपलडाँडास्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर ४० वर्षीय बस्नेतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

    उनका अनुसार भीरबाट लडेका म्यादी प्रहरी बस्नेतको शव ४० मिटर तल फेला परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार