हेटौंडा । मकवानपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आचारसंहिताको पालना गर्दै भय रहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आग्रह गरे ।
स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । यसैबीच प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राजनीतिक दलहरूसँग सहकार्यको लागि आग्रह गरेका छन् । सबै निकायको सकारात्मक पहलले नै निर्वाचन सम्पन्न गर्न सकिने भन्दै उनले साथ र सहयोगको अपेक्षा रहेको बताए ।
मकवानपुरको १९ वटा मतदान केन्द्र अति संवेदनशील रहेको बताउँदै उनले त्यस्ता क्षेत्रमा थप सुरक्षा नीति अपनाइएको जानकारी दिए । आचारसंहिताको उलङ्घन भएको खण्डमा आज देखि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नियमन देखि कारबाही सम्मको अधिकार प्राप्त भएको बताए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले समेत आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगाएतको उपस्थिति रहेको थियो । हेटौंडा–२ स्थित अफिसर क्लबको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend