Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले एकलौटी भागबन्डा गर्न खोजेको भन्दै झापामा गठबन्धनबाट बाहिरियाे समाजवादी


    बिहिबार, बैशाख ८ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । नेपाली कांग्रेसले एकलौटीरुपमा भागबन्डा गर्न खोजेको भन्दै झापामा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीले बाहिरिएको घोषणा गरेको छ ।

    एकीकृत समाजवादीका झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले विगतमा भएको सहमतिबाट कांग्रेसपछि हटेकाले अरुलाई जिताउन मात्र गठबन्धनमा बस्नुको औचित्य नभएको भन्दै समाजवादी बाहिरिएको जानकारी दिए ।

    एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिने घोषणासँगै झापाका सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम पनि सार्वजनिक गरेको छ ।

    एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले गठबन्धनबाट बाहिरिएपछि आवश्यकताका आधारमा छुट्टै गठबन्धनका लागि वार्ता थालिएको बताए । उनले भने, ‘राप्रपा र जसपासँग पनि छलफल गरिरहेका छौं ।’

    समाजवादीले झापामा एक प्रमुख, ६ उपप्रमुख र १५ वडाध्यक्ष माग गरेको थियो । तर कांग्रेसले समाजवादीलाई अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाको उपप्रमुख मात्रै दिने भनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार