Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगर र उपमहानगरमा भएका सहमतिले गठबन्धन भत्काउने खोज्नेहरु आत्तिएका छन्: प्रचण्ड


    बिहिबार, बैशाख ८ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महानगर र ११ उपहानगरमा उम्मेदवार उठाउने विषयमा भएको सहमतिले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको बताएका छन् । 

    कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन भत्काउने प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरे । 

    बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ । 
    देशको नेतृत्व लिन माओवादी केन्द्रलाई कसैले रोक्न नसक्ने भन्दै उनले इँटको जवाफ पथ्थरले दिन कार्यकर्र्तालाई अपिल गरे । 

    देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार