Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरको मेयरमा उम्मेदवारी दिन सांसद सुवेदीले दिए राजीनामा


    बिहिबार, बैशाख ८ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् ।

    नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् । 

    ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ । सोही कारण सुवेदीले आजै हेटौंडा पुगेर राजीनामा दिएका हुन् । 

    सुवेदी चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रुपमा काम गरे ।

    उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ ।

    उनी भरतपुर महानगरपालिका-१२ का स्थायी बासिन्दा हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार