Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एकीकृत सरकारी कर्मचारी संगठनद्वारा बालबालिकाका लागि ५० हजारको खाद्यान्न सहयोग


    बुधबार, बैशाख ७ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निजामती कर्मचारीहरुको मूलप्रवाहका रुपमा चिनिएको एकीकृत सरकारी कर्मचारी संगठन नेपालले २०४७ सालमा पेशागत संगठन स्थापना भएको दिनको सम्झनामा अनाथ बालबालिकाको भरणपोषण र शिक्षादिक्षाका लागि मानवीय सहयोग उपलब्ध गराएको छ । 
    ललितपुरको ठैबस्थित कोपिला बालबालिका संरक्षण केन्द्रमा आश्रित बालबालिकाको लागि ५० हजार रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ । बुधबार साँझ संगठनका अध्यक्ष मोहनकुमार घिमिरेसहितका नेताहरुले कोपिला बालबालिका संरक्षण केन्द्रमा आश्रित बालबालिकासँगै खाना समेत खाए । 

    kopila.jpg
    एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष र पदाधिकारीहरुद्वारा बालबालिकाका लागि खाद्यान्न सहयोग प्रदान

    बालबालिकालाई खाद्यान्न सहयोग गरी उनीहरुसँगसँगै खाना खाएर राति ९ बजे फर्किएका संगठनका अध्यक्ष घिमिरेले भने–‘मेरो २६ बर्षको ट्रेड युनियन आन्दोलनको नेतृत्व गरेको अवधिमा सबैभन्दा आनन्द अनुभूति बास्तवमा आज प्राप्त गरेको अनुभूति गरेको छु ।’
    मानव अधिकार, लोकतन्त्र , शान्ति र सुशासनको लागि पेशागत संगठन स्थापना दिन पारी बालबालिकालाई सहयोग गरिएको घिमिरेले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार