Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले ७ हजार करोडमा पनि विक्री हुँदैन: केपी ओली


    बुधबार, बैशाख ७ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिदबिक्री नहुने दावी गरेका छन् ।

    बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा एमालेका लागि पैसाको महत्व नभएकाे भन्दै ओलीले यस्तो दावी गरेका हुन् । 

    ‘नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर जलाउँदै हिड्ने पागल होइन यो’, ओलीले भने, ‘तर अनुचित पैसा, अनुचित कारोवार, अनुचित प्रलोभन अनफेयर क्रियाकलापमा विश्वास गर्दैन र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिदैन ।’

    पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भट्टराईले आफु पनि राजनीतिमा आउन चाहेको तर आफुसँग पैसा नभएकाले सात करोड लिएर आउने व्यापारीलाई उम्मेदवारको टिकट दिनुहुन्छ कि मलाई रु भनेर प्रश्न गरेका थिए । 

    भट्टराईको प्रश्नको जवाफमा ओलीले भने, ‘एमालेलाई सात सात करोड होइन, सात सय कारोड सात हजार करोड, सात लाख अफर कसैले गर्छ भने पनि एमालेलाई खरिद गर्न सम्भव छैन ।’ उनले राजनीतिक फिल्ड कसैको ठेक्का पट्टाको विषय नभएको पनि बताए । साथै उनले एमालेले राजनीतिमा सवैलाई स्थान दिने गरेको भन्दै ‘ओपन’ रहेको बताए । ‘यहाँ तोकिएका खेलाडी छैनन’, ओलीले भिच्छु अश्वघोष, हरिप्रसाद पाण्डे र गोल्छ सार्कीको नाम लिदै सवैलाई समान अधिकार दिदै आएको बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार