Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आठ महिनामा पर्यटन क्षेत्रको आय साढे १४ अर्ब


    बुधबार, बैशाख ७ २०७९
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ । 

    कोरोना महामारीको जोखिम कम भएसँगै बढेको पर्यटकको संख्याले पर्यटन क्षेत्रको आय बढेको मन्त्रालयले जनाएको हो । 

    सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७८ हजार ७४७ पुगेको छ । 

    गत वर्षको सोही अवधिमा कोरोना महामारीका कारण उक्त संख्या ८५ प्रतिशतले कमी आई ३२ हजार ९९७ रहेको थियो । 

    गत आर्थिक वर्षको पहिलो आठ महिनामा कोरोनाका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी आउँदा पर्यटन क्षेत्रको आय ९१.६ प्रतिशतले कमी आई ७ अर्ब २६ करोड रुपैयाँमा झरेको थियो ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार