Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • रामचन्द्र पौडेलकाे टिप्पणी- गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्


    मंगलबार, बैशाख ६ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली काँपेको टिप्पणी गरेका छन् ।

    मंगलबार नेपाल विद्यार्थी संघको ५३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बाेल्दै पौडेलले यस्ताे टिप्पणी गरेका हुन्।

    हालै एमालेले कमल थापा नेतृत्वको राप्रपा र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलसँग चुनावी गठबन्धनकोतर्फ संकेत गर्दै नेता पौडेलले गठबन्धनको शक्ति देखेर केपी ओली काँपेका टिप्पणी गरेका हुन्।

    ‘हाम्राे गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् । केपी ओली हतास भएका छन् । र हतास अभिव्यक्ति दिइरहेका छन् । र जस्ता तत्वसँग पनि हातेमालो गरिरहेका छन्’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार