इलाम । इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन् ।
गठबन्धन कार्यान्वयन भएमा सूर्योदयको प्रमुख नेपाल कम्युनिस्ट पार्टी नेकपा एसले पाउने सम्भावना थियो । जिल्ला तहमा भइरहेको बैठकमा पनि नेकपा एसले सूर्योदयको प्रमुखमा दाबी गर्दै आएको थियो ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा नेकपा एसबाट रणबहादुर राईनै उम्मेदवार हुने चर्चा थियो । राई यसअघि नेकपा एमालेबाट नगरपालिकामा निर्वाचित भएका थिए ।
नेकपा एमाले विभाजन हुँदा राई सहित एमालेबाट निर्वाचित बहुसंख्यक जनप्रतिनिधि नेकपा एसमा गएका थिए । त्यसैले सूर्योदयमा नेकपा एसले प्रमुखमा दाबी गर्दै आएको थियो । तर, कांग्रेसका वडा सभापतिले गठबन्धन अस्वीकार गर्ने निर्णय गरेपछि सूर्योदय नगरपालिकामा गठबन्धन धरापमा पर्ने देखिएको छ ।
सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका वडा सभापति लेखनाथ खड्काको अध्यक्षतामा भएको बैठकले गठबन्धन नेपाली कांग्रेसका सदस्य तथा मतदाताको भावना विपरीत रहेको ठहर गरेको छ ।
वडा सभापतिहरूको बैठकले गठबन्धन भए सैद्धान्तिक र व्यवहारिक पक्षमा समेत समन्वय हुन नसक्ने, केन्द्रको निर्देशन अनुसार सूर्योदयमा गठबन्धन गर्न आवश्यकता र अवस्था समेत नरहेको वडा सभापतिहरूले निष्कर्ष निकालेका छन् ।
इलामको अन्य पालिकामा समेत गठबन्धन हुने सम्भावना न्युन बन्दै गएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा बढि सिट दावी गरेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि सार्वजनिक गर्न थालेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend