Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९ महिनामै किन तानिए कैलालीका एसपी अधिकारी ?


    सोमबार, बैशाख ५ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कैलालीका एसपी विश्व अधिकारी ९ महिनामै तानिएका छन् । उनी २०७८ असार २७ मा कैलालीको प्रहरी प्रमुखमा हाजिर भएका थिए ।  कैलालीमा एकपछि अर्को घटना घट्दा पनि शान्तिसुरक्षा कायम गर्न अक्षम भएको आरोपमा उनलाई तानिएको छ । एसपी अधिकारीलाई प्रहरी प्रधान कार्यालयले चैत ३० मा फिर्ता गरेको हो । कैलालीमा एसपी सोमेन्द्रसिंह राठौरलाई काजसरुवा गरिएको छ ।

     २०७८ कात्तिक २३ गते राति लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भूपेन्द्र बडुवालको टीकापुर नगरपालिका १ पशुहाटबजारनजिकै हत्या गरिएको थियो । उक्त हत्पामा मुख्य आरोपित नवीन रावलसहित फरार रहेका ७ जनालाई पक्राउ गर्न सीआइबीकै टोली जानुपरेको थियो । बडुवालको हत्या सहित अरु घटनामा पनि कमाण्ड गर्न नसकेपछि उनलाई तानिएको स्रोतले बतायो ।

    मानवअधिकारवादीका रुपमा चिनाउन तल्लो दर्जाका प्रहरीसँग हात मिलाउने, उच्चपदस्थ सरकारी अधिकारीसँगको पहँुच देखाउने र असई सई बस्ने चौकी चौकी गएर चर्चा बटुल्ने काममा मात्र उनी लाग्ने गरेका थिए ।

    एसपी अधिकारी यसअघि मोरङको एसपीबाट पनि अवधि नपुगी तानिएका थिए । २०७२ को भूकम्पपछि अधिकारी सिन्धुपाल्चोकको डीएसपीमा सरुवा भएका थिए । उनी सिन्धुपाल्चोकको प्रहरी प्रमुख भएको समयमा मुख्य नाका तातोपानी बन्द भए पनि विभिन्न चीनसँग जोडिएका गाउँबाट सुन ओसारपसार भएको समाचार सार्वजनिक भएको थियो । जसमा प्रहरीले मौनता साँधेको आरोप लागेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार