Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हवाई सेवा अवरुद्ध हुँदा हुम्लावासी समस्यामा


    शनिबार, बैशाख ३ २०७९
    320
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट।एक मात्र यातायातका रूपमा रहेको हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।

    सडक यातायातले नजोडिएको हुम्लामा नेपालगञ्ज सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा हुन नसकेको हो ।

    जिल्लामा यातायातको कुनै सुविधा नरहेको हुम्लामा तीन दिनदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले बताए ।

    पछिल्लो समयमा हुम्ला जिल्लामा मौसम सफा भए पनि कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगञ्जमा कुनै पनि विमान नहुँदा हुम्लामा उडान हुन नपाएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख गिरीले बताए ।

    पछिल्लो समय हुम्लाको लागि कुनै पनि उडान नभएपछि सुर्खेत, नेपालगञ्जका यात्रु होटेलको महंगीको मर्कामा परेका छन् । जिल्ला सदरमुकाम सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनु परेको स्थानीय कविराज हमालले बताए  ।  

    केही समय अगाडिसम्म नियमित उडान भर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान भर्न छाडेको र अरू निजी एयरलाइन्सले उडान नियमित नहुँदा दैनिक उपभोग्य सामानको मूल्य अकासिएको र सहज रूपमा नपाएको उपभोक्ता राम बहादुर भण्डारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार