Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  काठमाडौंमा विद्युतीय सवारी करमा तीन वर्षसम्म छुटदेखि ५० वटा थप सार्वजनिक शौचालय बनाउनेछौँः रविन्द्र मिश्र


    शनिबार, बैशाख ३ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

    घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन बर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौंमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ ।

    महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको हो  । 

    ‘डिजल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ, बिजुलीवाट चल्ने यातायातमा रुपान्तरण गर्ने संस्था र कम्पनीलाई महानगर अन्तर्गतका सबै कुरा तीन बर्षका लागि मिनाहा गरिनेछ,’ घोषणा पत्रमा उल्लेख छ । 

    यसैगरी, हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुल्ला क्षेत्रका रुपमा विकास गर्ने, काठमाडौंका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधान निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानियवासीका लागि सार्वजनिक स्थलको विकास गर्ने बिषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

    विवेकशीलले बागमती, विष्णुमती, रुद्रमतीलगायतका खोला किनारामा संघीय सरकारको समन्वयमा ग्रिन वेल्ट, जगिङ र साइकल ट्रयाक निमार्ण गर्ने, कुहिने र नकुहिने फोहोरलाई अलगअलग दिन निकाल्ने, प्रत्येक बर्ष २५ हजारभन्दा बढी बृक्षारोपण गर्ने, सामुदायिक बिद्यालयहरूमा १२ कक्षसम्म निःशुल्क गर्ने, काठमाडौंलाई जीवन्त संग्रहालयको रुपमा विकास गर्दै नेवाः कला सँस्कृतिको पुर्नजागरण गर्नेलगायत मुख्यतः सात विषय केन्द्रित रहेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । 

    काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने विवेकशील पहिलो पार्टीसमेत भएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार