काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी गाउँपालिकामा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णयसहित नेपाली कांग्रेसले जिल्ला र प्रदेशस्तरीय गठबन्धन संयन्त्रलाई औपचारिक पत्र पठाएको छ ।
सुनकोशी गाउँपालिकाका सात जना वडा सभापतिको संयुक्त बैठकले केन्द्रको निर्णयअनुसार गठबन्धन गर्न आवश्यक नभएको र एक्लै चुनावी मैदानमा भाग लिने भन्दै राजनीतिक संयन्त्रलाई पत्र पठाएका हुन् ।
सुनकोसी–५ का वडा अध्यक्ष अर्जुनविक्रम थापाको सभापतित्वमा बसेको वडा सभापतिहरूको भेलाले सो निर्णय गरेका हो । नेपाली कांग्रेस र अन्य राजनीतिक दलबीच गठबन्धनका साथै चुनावी अभियानमा जाने कुरा संघ, जिल्ला प्रदेशमा गाउँपालिकामा गठबन्धनसबन्धी छलफल भइरहेको भए पनि सुनकोसीले गठबन्धन नगर्ने निष्कर्ष निकालेको निर्णयमा उल्लेख छ ।
‘यस गाउँपालिका अन्र्तगतका वडा तथा गाउँपालिका गठबन्धनको पक्षमा नरहेको’ उल्लेख गर्दै वडा सभापतिहरूको निर्णयमा भनिएको छ, ‘हाम्रो गाउँपालिका तथा वडामा कुनै पनि पार्टीसँग गठबन्धन नगरी वडा तथा गाउँपालिकामा एकल उम्मेदवार हुने छन् ।’ सो निर्णयसँगै गाउँपालिका समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश स्तरीय संयन्त्रलाई औपचारिक रुपमा पत्र पठाएको हो ।
निर्णयमा क्रमशः १ देखि ७ सम्मका वडा सभापतिहरू रामकुमार श्रेष्ठ, विजय मोक्तान, बिशु सुर्यबंशी, हरिकुमार योञ्जन, अर्जुनविक्रम थापा, होमप्रसाद तिमिल्सना, उत्तमकुमार लामाले हस्ताक्षर गरेका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend