काठमाडौँ । जिल्लाकै सवैभन्दा बढी मतदाता भएको बर्दिबास नगरपालिकामा २८ वटा मतदान स्थल र ५८ वटा मतदान केन्द्र रहेका छन् । नगरपालिकामा मात्र ४४ हजार चार सय ६० जना मतदाता छन् ।
उपमहानगरपालिका बन्ने चर्चा चलिरहेको बेला जिल्लाका १५ पालिकामध्ये बर्दिबासमा निर्वाचनपछि कसको सत्तारोहण होला भन्ने चर्चा र बहस पनि त्यतिकै छ ।
निर्वाचनमो निर्धारित मिति नजिकिरहेको छ । नगरभित्र दलहरू उम्मेदवार तय गर्न तल्लो कमिटीदेखि माथिल्लो तहसम्म छलफल चलिरहेको छ । तर, बजारमा सवै दलका आकांक्षीको चर्चासँगै व्यक्तिगत चरित्र र क्षमताको चियोचर्चो पनि बढ्न थालेका छन् ।
सत्तारुढ दलहरूले गठबन्धन गर्ने निर्णयपछि गठबन्धन दलहरू साझा उम्मेदवारको रस्साकसीमा छन् । नगरभित्र संगठनिक संरचनाको हिसाबले गठबन्धन दलहरुमध्ये माओवादी र नेपाली कांग्रेसले सत्ताको दावी गर्दै आएका छन् भने अन्य दलहरू आफ्नै तरिकाले उम्मेदवार टुंग्याउन लागिपरेका छन् ।
माओवादी केन्द्रबाट राजु खडका, प्रकाश पोखरेल, विदुर कार्की, राजन ढुंगाना, शंकर महतो, रुद्र सुस्लिङ्गले दावी गरिरहेको चर्चा छ भने नेपाली कांग्रेसबाट चिरिन्जीवी हमाल र प्रल्हाद क्षेत्रीको दावी छ । तर, संख्यात्मक हिसाबले जसको जेजस्तो दावी भए पनि दुवै पार्टीबाट एउटा साझा उम्मेदवार बन्नेछ ।
यता, नेकपा एमाले पनि चुनाव लक्षित कार्यक्रमसँगै नगरको सत्ता हात पार्न लागि परेको छ । अहिले नेकपा एमाले गाउँगाउँमा पुगेर संगठनिक संरचना निर्माणदेखि आफ्नो माहोल बनाउन अन्य दलको तुलनामा निक्कै अगाडि बढेको छ ।
तर, टिकटप्राप्तिका लागि पार्टीभित्र नै अकांक्षीहरू दौडधुपमा लागेको देखिन्छ । कहिले शीर्ष नेतालाई भेट्ने त कहिले आफ्नो प्रभाव बनाउन नेताहरू मिडिया खोज्दै हिडेका छन् ।
नेकपा एमाले बर्दिबासमा टेकबहादुर बलाम्पाकी, चन्द्रबहादुर क्यापछाकी, सारदादेवी थापा, केदारवहादुर बस्नेत, फाल्गुन सुस्लिङ्ग मगरको चर्चा छ । अकांक्षीहरूमध्ये टेकबहादुर बलाम्पाकी र फाल्गुन सुस्लिङ्ग मगर माओवादी केन्द्रवाट नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend