Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन्दा तितो लाग्ला, तर अब राजा फर्कने सम्भावना सकियोः कमल थापा


    शनिबार, बैशाख ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना दिँदै थापाले आफूले विभिन्न कारणले राजाको एजेन्डा छोडेको बताएका हुन् ।

    उनले पार्टीहरू असफल हुँदैमा राजा नआउने बताएका छन् । एउटा पार्टी असफल भए अर्को आउने उल्लेख गर्दै थापाले भनेका छन्, पार्टीहरू असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ ।

    त्यस्तै राजतन्त्र फर्कने विभिन्न कारण रहे पनि अहिले ती सबै बाटाहरू बन्द भएको उनले बताएका छन् । ‘राजा फर्कने अरु नै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए ।अब असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन।’

    असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन । २-३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन,’ थापाको भनाइ छ ।Capture.PNG

    एमालेसँगको चुनावी तालमेलबारे अहिले आफूले गाली खाइरहे पनि आफू बलियो घर बनाउने अभियानमा रहेको थापाको भनाइ छ । ‘मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ।

    अहिले गालीगलौज र आरोपहरु खेपेर भए पनि तपाईंहरुका लागि म बलियो घर बनाएर राखिदिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस्,’ थापाले भनेका छन् ।

    आगामी स्थानीय तहको चुनावमा थापा नेतृत्वको राप्रपा नेपालले सूर्य चिह्नमा उठ्ने गरी नेकपा एमालेसँग तालमेलको सहमति गरिसकेको छ ।राप्रपा नेपाल र परिवार दलले एमालेसँग तालमेल गरी स्थानीय तह चुनावमा उत्रने सहमति गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार