सर्लाही । ज्यानसम्बन्धी मुद्दालाई प्रभावित पार्न ‘घुस’ दिने पूर्व सहसचिव एमालेमा प्रवेश गरेका छन् । काशी तिवारी हत्याकाण्डमा प्रभु साहलाई जोगाउन ८ लाख रुपैयाँ घुस दिने पूर्व विवादास्पद सहसचिव नागेन्द्र झा आज एमालेमा प्रवेश गरेका छन् । झाले २०६८ असोज २६ गते स्व.काशी तिवारीकी श्रीमती बबिता तिवारीलाई ८ लाख रुपैयाँ दिई प्रभु साहको नाम नलिनका लागि प्रलोभन दिएका थिए । तर बबिताले पैसा होइन, न्यायका लागि लडेको बताउँदै उक्त ‘घुस’ अस्वीकार गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो ।
उनलाई एमाले अध्यक्ष खड्ग ओलीले आज सर्लाहीमा एमाले प्रवेश गराएका हुन् । उनलाई एमालेले सर्लाहीकै बलरा नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ । बलराको मेयरमा टिकट पाउने भएपछि उनी एमालेमा प्रवेश गरेका छन् । उनी यसअघि तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी(हाल लोसपा)बाट पनि मेयरदेखि प्रदेश सांसदसम्मको लागि महन्थ ठाकुरकोमा धाएका थिए । कांग्रेसमा पनि उनले निकै प्रयास गरे । तर उनको विवादित पृष्ठभूमिका कारण कसैले पनि नपत्याएपछि उनी एमालेमा गएका छन् ।
हिन्दु युवासंघ पर्साका तत्कालीन अध्यक्ष काशी तिवारी हत्यामा माओवादी हुँदै हाल एमाले भएका प्रभु साहको संलग्नता रहेकोबारेमा नबोलिदिन आग्रह गर्दै तत्कालीन भूमिसुधार मन्त्रालयका सहसचिव नागेन्द्र झाले ८ लाख रुपैयाँ ‘घुस’ बबितालाई दिने ब्यवस्था मिलाएका थिए । जुन बेला प्रभु साह भूमिसुधार मन्त्री थिए । मन्त्री साहको पक्षमा ८ लाख घुसको ब्यवस्थापन झाले नै गरी बबितालाई प्रलोभन दिएका थिए । झालाई त्यतिबेलै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ अनुसार कारबाही हुनुपर्नेमा नगरी उन्मुक्ति दिइएको थियो । तर उनलाई कारबााही नगरी उन्मुक्ति दिइएको थियो ।
काशी तिवारी हत्यामा प्रभु साहको मुख्य संलग्नता भएको किटानी जाहेरी तत्कालीन पर्साका प्रहरी प्रमुख रमेश खरेलले सरकारी वकिल कार्यालयमा पेश गरेका थिए । तर पछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको दबाबमा सरकारी वकिल कार्यालयले साहको नाम हटाएर अमन कुशवाह र बलिराम तेलीको नाममात्र राखी मुद्दा दायर गरेको थियो । प्रभु साहको नाम आफूले किटानी जाहेरीमा राखेको कुरा रमेश खरेलले अहिले पनि भन्दैआएका छन् ।
को हुन् झा ?
नागेन्द्र झाको घर सर्लाहीको बलरा नगरपालिका हो । उनी सुरुमा बारामा प्रावि शिक्षक थिए । उनका छिमेकी शैलेन्द्र सिंह नापीको अमिन तालिम लिएपछि उनलाई पनि उक्त तालिम लिन लगाए । नापीको अमिन तालिम लिएपछि झाले भारतको बिहारबाट परीक्षामै सहभागी नभई आइएसी, बीएसीको प्रमाणपत्र खरिद गरी ल्याएर सर्भेक्षक, नापी अधिकृत, प्रमुख नापी अधिकृत हुँदै सहसचिव बढुवा भए । नापी विभागको महानिर्देशक पनि भए । उनी जागिरे जीवनमा ६ नम्बर नापी गोश्वारा, डिल्लीबजार नापी कार्यालय जस्ता आकर्षक कार्यालयमा मात्रै बर्षौ प्रमुख भए । जुनबेला उनले काठमाडौैंका सयौं सरकारी जग्गा, राजकुलो पैनी समेत गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरी करोडौंं करोड आर्जन गर्न सफल भए । नापीमा अति विवादित कर्मचारीका रुपमा उनलाई लिने गरिन्छ । २०४९ को स्थानीय तहको निर्वाचनमा उनी रुकुमको दुर्गम गाउँमा खटिएका थिए । तर त्यही समयमा बिहारमा बीएसीको परीक्षा दिएर पास गरेको प्रमाणपत्रका आधारमा उनी बढुवा भए । अख्तियारमा सप्रमाण उजुरी परयो तर उनले पैसाकै बलले त्यो उजुरीमा पनि कारबाही हुन दिएनन् ।
नागरिकता सच्याउँदा पनि उन्मुक्ति
नागेन्द्र झाले पर्साको प्रमुख जिल्ला अधिकारी हुँदा नागरिकताको जन्ममिति नै फेर्न सफल भए । अरु भए यसरी जन्ममिति फेर्दा जेलमा हुन्थे । तर उनलाई कुनै कानुनले छोएन । झाले १९ फागुन २०६६ मा आफ्नो नागरिकतामा जन्ममिति फेरेको उजुरी गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमिसुधार तथा व्यवस्था मन्त्रालयदेखि राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारसम्म प¥यो । तर, झालाई त्यसले कुनै असर गरेन । उनी त्यसपछि पनि नापी विभागको महानिर्देशक भएर अवकाश भए ।
झाले २० मंसीर २०३४ मा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट लिएको ०६३६००६८ नम्बरको नागरिकतामा जन्ममिति २६ पुस २०१५ छ । ८ वैशाख २०४५ मा नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूहअन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणीको सर्भेक्षक पदमा नियुक्त हुँदा निजामती किताबखानामा बुझाएको सिटरोलमा पनि यही जन्ममिति छ । तर पर्साको प्रजिअ हुँदा पदको दुरुपयोग गरी उनले जन्ममिति २६ पुस २०१७ बनाएर नागरिकताको प्रतिलिपि लिएका थिए । नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ को ३ मा ‘कसैले नेपाली नागरिकताको झ्ुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा रु.२० हजारदेखि रु.१ लाखसम्म जरिवाना वा दुवै सजाय हुने’ व्यवस्था छ । तर उनीमाथि कुनै कारबाही भएन ।
झाको कीर्तेमा कीर्तिमानः नक्कली पीसीआर रिपोर्ट बनाउने नागरिक अस्पतालका अध्यक्ष
नागेन्द्र झा जागिरबाट अवकाश भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालका अध्यक्षका रुपमा कार्यरत रहेका छन् । उनी अध्यक्ष रहेको नागरिक अस्पतालका ६ जनालाई नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा २०७८ माघ १८ गते महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नागेन्द्र झाका छोरा प्रशन्नकुमार झा पनि थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend