Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको निर्देशन- केन्द्रको निर्णय उल्लंघन नगर्नु


    शुक्रबार, बैशाख २ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनमा पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।

    शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकले गठबन्धनलाई थप व्यवस्थित बनाउन यस्ताे निर्देशन दिएको हाे ।

    गठबन्धनको मर्म विपरीत जान नहुने धारणा परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैठकमा व्यक्त गरेको एक नेताले जानकारी दिए ।

    बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ । साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार