सुर्खेत । नेपाली कांग्रेसले दैलेखको आठबीच नगरपालिकाको मेयरका लागि आठजनाको नाम सिफारिस गरेको छ । कांग्रेस नगर समितिले अहिलेकी उपप्रमुख दीपा बोहोरा, नगर कार्यसमिति सभापति अर्जुनबहादुर शाही, २०७४ सालमा मेयरमा पराजित नेता प्रेमप्रकाश शाही, करुणाखर खनाल, विनोद खनाल, चन्द्रबहादुर शाही, खगेन्द्र शाही र पृथ्वीबहादुर शाहीको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको हो ।
त्यस्तै, उपप्रमुखमा निशा थापा, पूर्णप्रसाद खनाल, मुनाकुमारी शाही, सीताकुमारी उपाध्याय र लिला गिरीको नाम सिफारिस भएको छ ।
‘अहिलेसम्म आठबीस नगरमा गठबन्धन दलको बैठकसमेत बसेको छैन’, सभापति अजुर्नबहादुर शाही भन्छन्, ‘वडास्तरमा पनि उम्मेदवार तय गर्ने कार्य जारी छ ।’
२०७४ सालको चुनावमा एमालेले यो पालिकामा ४७ मतले प्रमुख जितेको थियो भने कांग्रेसले उपप्रमुख जितेको थियो । नो वडा रहेको आठबीसमा कांग्रेस एक्लैले चार वडामा जितेको थियो ।
गठबन्धन हुँदा यहाँ नेकपा एसले वडा नम्बर १ र ६ मागेको छ भने २, ७ र ८ वडा माागेको छ । तर कांग्रेसले ७, ८ र ९ नम्बर वडालाई आफ्नो मानेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend