Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माओवादीका वीरगञ्ज महानगर अध्यक्ष अन्सारी साधारण सदस्यबाट निष्कासित


    बुधबार, चैत्र ३० २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

    यसरी निष्कासित हुनेहरुमा अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी रहेका छन् । रहबर गत निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेयरमा प्रतिस्पर्धा गरेका थिए भने आगामी निर्वाचनमा पनि उनी उम्मेदवार हुने चर्चा चलिरहेको थियो । उनको उम्मेदवारीले महानगरमा माओवादीको मत समेत उल्लेख्य प्राप्त गर्न मद्दत गरेको थियो । तर उनलाई पार्टीबाटै निष्काशन गरिएको छ । 

    माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । 

    पार्टीको कार्यालय तोडफोड गरि जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरुले गरेको आरोप लगाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार