Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • गठबन्धन बैठक सकिए लगत्तै भारतीय दूतावास पुगे शीर्षनेता


    मंगलबार, चैत्र २९ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनका शीर्षनेताहरु भारतीय राजदूतावास पुगेका छन् । 

    मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचौरस्थित भारतीय दूतावास पुगेका हुन् । 

    भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको बिदाई भोजमा प्रधानमन्त्री देउवासहितका सत्तारुढ दलका नेताहरुका अतिरिक्त एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पनि सहभागी भएका छन् । क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिव नियुक्त भइसकेका छन् ।

    राजदूत क्वात्राको बिदाई भोजमा मन्त्रीहरु पनि गएका थिए । माओवादी केन्द्रका नेता बर्षमान पुन पनि दूताबासको बिदाइ भोजमा देखिएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार