Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्की र शाही एआईजी बढुवा सिफारिस, बरिष्ठतालाई आधार मान्दा प्रहरीमा उत्साह


    बुधबार, असार ३१ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले बरिष्ठताको आधारमा दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको छ । आइजीपी शैलेश थापा क्षेत्रीलाई नियुक्ति गर्दा बरिष्ठतालाई आधार बनाएको सरकारले एआइजीमा पनि सिनियर डीआइजीलाई  सिफारिस गरेको छ । बढुवा समितिले बुधबार रिक्त दुई एआइजीमा डिआइजीद्धय प्रद्युम्न कार्की र निरजबहादुर शाहीलाई सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले बरिष्ठताका आधारमा डीआइजीबाट एआइजीमा बढुवा सिफारिस गरेकोमा प्रहरीभित्र यसले उत्साह संचार गरेको छ । 

    गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले कार्की र शाहीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो । शैलेस थापा क्षेत्री आइजीपी बनेपछि र एआइजी तारिणीप्रसाद लम्साल अवकाश पाएका कारण प्रहरीमा दुई एआइजीकाे पद रिक्त रहेकाे थियाे । सिफारिस भएका डिआइजीद्वय कार्की र शाहीलाई मन्त्रीपरिषद्ले एआइजीमा नियुक्त गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार