Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु


    सोमबार, चैत्र २८ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट।हुम्ला जिल्लाको तल्लो क्षेत्र चंखेली गाउँपालिका–५ को नेप्कागाउँकी एक जना महिलाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ ।
    चंखेली गाउँपालिका–५ को नेप्कागाउँकै तेलपानी वनमा भेडाबाख्रा चराउने क्रममा भीरबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।

    ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय बासी तुलवीर तामाङले जानकारी दिए ।

    ४९ वर्षीया पानमती तामाङको बाख्रा चराउने क्रममा बसेको बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको बताए । बाख्रा चराउन मृतक तामाङ एक्लै गएको बेला दिउँसै ढुंगा लागेर मृत्यु भए पनि घरपरिवारले भने बेलुका मात्र जानकारी पाएको उनले बताए ।

    तामाङको घटनास्थल भएको स्थानमा पुगेका परिवारका सदस्य, उनका आफन्त तथा नेप्कगाउँका गाउँले मिलेर बेलुका लास भेट्टाएका थिए । मृतक तामाङ सधैँ गोठालो लाग्दै आएकी थिइन् ।

    चंखिली गाउँपालिका केन्द्र पिप्लाङबाट पाँच घण्टा लाग्ने नेप्कगाउँमा वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिए ।सुरेस परियार/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार