Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बिहीबारका लागि बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


    सोमबार, चैत्र २८ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सम्बन्धमा छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू रहेका छन् ।

    कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले अहिले विभिन्न वर्ग र क्षेत्रका मानिससँग राय सुझाव लिइरहेको छ । यसैक्रममा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूको धारणा र सुझाव लिन बैठक बोलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार