Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको मेयरमा कांग्रेसबाट भीमसेनदास प्रधान कि सृजना सिंह ?


    सोमबार, चैत्र २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । आगामी २०७९ बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा भीमसेनदास प्रधानलाई उम्मेदवार बनाउने आन्तरिक गृहकार्य गरिरहेको छ । कांग्रेसबाट मेयरका आकांक्षीमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहको नाम एकाएक चर्चामा आएको छ । उनलाई उम्मेदवार बनाउँदा २०४८ को निर्वाचनमा प्रकाशमान सिंह र स्व. मंगलादेवी सिंहलाई प्रतिनिधिसभामा टिकट दिंदा परिवारवादको आरोप लगाएर काठमाडौंबासीले पराजीत गरिदिएकाले पनि सृजना सिंहलाई मेयरमा निर्वाचनमा उतार्न गाह्रो छ ।

    जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता स्व. गणेशमान सिंहको योगदानलाई पनि परिवारवादको आरोप लगाउँदै हराएकाले त्यही नियति दोहो¥याउने पक्षमा प्रकाशमान उद्यत हुने संभावना क्षीण रहेको कांग्रेसजनकै विश्लेषण छ ।

    प्रकाशमानकै निर्णय काठमाडौंको मेयरको हकमा निर्णायक हुने भएकाले उनले यो पटक सांसद भीमसेनदास प्रधानलाई अगाडि सार्ने संभावना रहेको छ । भीमसेनदासलाई मेयरमा निर्वाचन लडाउने र उपमेयर पनि कांग्रेसकै भागमा परेका स्व. नवीन्द्रराज जोशीको पत्नी सपना जोशीलाई उम्मेदवार बनाउने पक्षमा प्रकाशमान रहेका छन् । जोशीलाई उम्मेदवार बनाउँदा काठमाडौंको क्षेत्र नम्बर ८ का मतदाताको सहानुभूति पनि पाउने भएकाले प्रकाशमान त्यो गृहकार्यमा लागेका छन् ।

    काठमाडौंको राजनीतिमा अर्थपूर्ण हस्तक्षेप गर्ने हैसियत राख्ने कांग्रेस महामन्त्री गगनकुमार थापा पनि प्रधानलाई मेयर बनाउने कुराको बिरोध गर्ने अवस्थामा छैनन् । कांग्रेससँग मेयरका लागि चिनिएको ब्यक्तित्व भएका प्रधानमात्रै देखिएका छन् । प्रकाशमान सिंह प्रधानलाई मेयरमा उम्मेदवार बनाउने, कांग्रेसका पूर्वसभापति सबुज बानियाँलाई क्षेत्र नम्बर ६ बाट चुनावमा टिकट दिने पक्षमा छन् । बानियाँ प्रकाशमान निकट हुन् ।

    प्रकाशमान स्वयं पनि काठमाडौंको क्षेत्र नम्बर १ मा पुनः उम्मेदवार नहुने मनस्थितिमा छन् । र, उनले क्षेत्र नं. ८ तिर बढी गतिबिधि केन्द्रित गरिरहेका छन् । क्षेत्र नं ८ कै कार्यकर्ताको काम गर्ने, भेटघाट बाक्लो बनाउँदै उनी आगामी प्रतिनिधिसभाको निर्वाचन त्यो क्षेत्रबाट लड्ने योजनामा अगाडि बढिसकेका छन् ।

    कांग्रेसबाट मेयरका आकांक्षीमा वर्तमान उपमेयर हरिप्रभा खड्गी, काठमाडौं महानगर सभापति निलकाजी शाक्य, महानगर सभापपतिमा पराजीत भएका देउवा पक्षका प्रगतिमान रंजितले पनि मेयरमा दाबी गरेका छन् । हरिप्रभालाई प्रकाशमानले प्रदेश वा प्रतिनिधिसभाको समानुपातिक सांसदमा लाने आश्वासन दिइसकेकाले उनले दाबी गरे पनि अन्तिममा ब्याक हुने संकेत निकटहरुसँग गरिसकेकी छन् ।

    एमालेले काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्यलाई नै पुनः मौका दिने संभावना बलियो छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले अह्राएको खुरुखुरु मान्दै बार्षिक रुपमा मदन भण्डारी प्रतिष्ठानदेखि मानव सेवा आश्रमलाई करोडौ रुपैयाँ दिएकाले पनि उनको विकल्पमा अरुलाई दिने संभावना एमालेमा क्षीण छ । एमालेमा केशव स्थापितले मेयरमा सशक्त दाबी गरिरहेका छन् । तर शाक्य जस्तो सजिलो नभएकाले उनलाई एमाले अध्यक्ष ओलीले मेयरमा टिकट दिने संभावना क्षीण देखिएको आँकलन गरिएको छ ।

    सत्तारुढ गठबन्धनबीच सहमति भएर काठमाडौं छाडेमा नेकपा एकीकृत समाजवादीले काठमाडौंको मेयरमा सांसद जीवनराम श्रेष्ठलाई खडा गर्ने सभावना छ । श्रेष्ठ पटक पटक जनताबाट अनुमोदित भएका र काठमाडौंबासीबीच चिरपरिचित अनुहार हुन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार