काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलन्याससमेत गर्न नसकेको आरोप लगाउन थालेका छन ।
अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सर्वोच्च अदालतको परमादेशवाट बर्हिगमन गरे पछि गठन भएको देउवा सरकारले १० महिना भित्र विकास निमार्णका कामलाई गति दिन नसकेको जनाउँदै अर्थतन्त्र धरसायी बनाउँदै लगेको आरोप लगाउन थालेका हुन ।
‘एमाले सरकारको बहिर्रगमन पछि बनेको देउवा सरकारले आजको मितिसम्म विकास निर्माणका क्षेत्रमा गरेका महत्वपूर्ण काम कुनै छ त ? गंभीर प्रश्न खडा भएको छ’ एमाले नेता गोकर्ण बिष्टले प्रश्न गरेका छन, ‘करिब दश महिनाको अबधिमा विकास निर्माणका आयोजनाको न कुनै शुभारम्भ न शिलान्यास ढलेको सिन्को समेत यो सरकारले भाँचेन, केवल राष्ट्रको धुकुटी सिध्याउनु यो सरकारको मुख्य काम बन्न पुग्यो ।’
उनका अनुसार देउवा सरकार गठन भएपछि जनतालाई राहतको सट्टा मंहगी र कु–शासनले थिचेको जनाउँदै देशको अर्थतन्त्र धरासायी र चौपट बन्दै गएको छ । ‘यस्तो अवस्थामा देउवा सरकार देशलाई दिनप्रतिदिन बोझ बन्दैछ, राष्ट्रलाई धराशायी बनाउने निकम्मा र असफल सरकारका रूपमा परिणत हुन देउवा सरकारलाई अब धेरै दिन कुर्न नपर्ने भएको छ’ बिष्टले उल्लेख गरेका छन ।
एमाले प्रचार बिभाग प्रमुख बिष्णु रिजालले ओली सरकारले गरेका बिकास निमार्णमा रिबन काटने बाहेक अन्य काम गर्न प्रधानमन्त्री देउवाले नसकेको आरोप लगाउँदै आएका छन् ।
‘ओली सरकारको पालामा सुरु भएका विकास निमार्णका कार्यमा रिबन काटने बाहेक प्रधानमन्त्रीले केही नयाँ कामको सुरुवात गरेको देखिएको छैन, न कुनै गतिलो आयोजनाको शिलन्यास गर्नुभएको छ, न देशलाई अघि बढाउने भिजन नै देखाउनु भएको छ,’ रिजालले भने, ‘ओली सरकारले गरेका कामलाई समेत गति दिन नसकेको सरकारले देशको अर्थतन्त्र धरासयी बनाउँदै भने लगेको छ ।’ एमाले नेताहरुले विकास निमार्णको काममा कुनै ध्यान नदिएको जनाउँदै निरन्तर प्रधानमन्त्री देउवा माथी आक्रोस पोखिरहेका छन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend