Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • बुधबार काठमाडौैमा भेटिए ७ संक्रमित


    बुधबार, असार ३१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार सात जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका सात जना कोरोना संक्रमित थपिएका हुन्।

    यसरी भेटिएका संक्रमितमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पतालमा २ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा ४ जना र  र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा १ जना छन् ।

    बुधबार देशभर १ सय १६ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ। 

    नेपालमा पछिल्लाे २४ घण्टामा ६ सय ९७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार २५ पुगेकाे छ ।

    हाल ६ हजार १ सय १३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा छन्। 

    यस्तैगरी राैतहटका एकजनाकाे बुधबार मृत्यु भएकाे छ । बुधबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। 

     

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार