काठमाडौं । बुधबार देशभर १ सय १६ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ५ हजार ९० पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ। काठमाडौैं उपत्याकामा भने ७ जना संक्रमित पाइएकाे छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा ६ सय ९७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार २५ पुगेकाे छ ।
हाल ६ हजार १ सय १३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा छन्। यस्तैगरी राैतहटका एकजनाकाे बुधबार मृत्यु भएकाे छ । बुधबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।