Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरबाट ३५ किलो गाँजासहित ५ जना पक्राउ


    आइतबार, चैत्र २७ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा राप्ती नगरपालिका-१ बस्‍ने ११ वर्षीय सरोज तामाङ, २५ वर्षीय सूर्यबहादुर स्याङ्गो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र २४ वर्षीय एबीलाल तामाङ रहेका छन् ।

    पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार