Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाेलि देखि साझाका बसहरु गुड्ने, ५० प्रतिशत भाडा लिइने


    बुधबार, असार ३१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साझा यातायातले भाेलि बिहीबारदेखि बस सेवा दिने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने बताइएकाे छ ।

    साझाले गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहितका रुटमा बस चलाउने भएकाे हाे । साझाले सरकारले तोकेअनुसार ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिने भएकाे छ ।

    यस्तै बस सञ्चालनका लागि पनि सरकारले तोकेका सबै मापदण्ड पालना गर्ने तयारी रहेकाे बताइन्छ । 

    सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् ।

    काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार