Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टिकटक बनाउने दुई प्रहरी कारबाहीमा, पोशाकमै भिडियाे शुट अनि फेसबुकमा सेयर


    बुधबार, असार ३१ २०७७
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । प्रहरीकाे पाेशाकमा टिकटक भिडियाे बनाएर रमाइलाे गर्न खाेज्ने दुई प्रहरी कारबाहीमा पर्ने भएका छन् । इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत हरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईले पाेशाकमै भिडियाे शुट गरेर फेसबुकमा शेयर गरेका थिए । 

    प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । 

    उनीहरुले टिकटक बनाउने क्रममा आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटकि) पनि राखेका भिडियोमा देखिन्छ ।

    प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन सुरु भएकाे बताइएकाे छ । 

    निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक लगाएर व्यक्तिगत रुपमा कुनै पनि गतिविधि गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने भएपनि ती दुई प्रहरीले अवज्ञा गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार