Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाडा छुटकाे माग गर्दै सिभिल मलका व्यापारी आन्दाेलित


    बुधबार, असार ३१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन्धारामास्थित सिभिल मलका व्यापारीहरुले भाडा मिनाहाको माग गरेका छन् । 

    बुधबार व्यापारीहरु मलअगाडि ब्यानर र प्लेकार्डसहित उभिएर ती व्यापारीहरुले आन्दोलन समेत गरेका हुन्। उनीहरुले कोरोना संकटसँगै जारी लकडाउनले व्यापार नभएको अवस्थामा भाडा मिनाहा र सहुलियत दिन माग गरेका छन्।

    लकडाउनले व्यापार चौपट भएको अवस्थामा भाडा तिर्न नसक्ने भएकाले मल तथा सपिङ कम्प्लेक्सका व्यापारीले यस्ताे माग गर्दै आएका छन्।

    मल सञ्चालक जिम्मेवार बन, सिभिल मल बन्द छ जस्ता नारा लिखित ब्यानर कार्ड बोकेर उनीहरुले विरोध गरेका छन्।

    ती व्यापारीहरुले लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिनयता प्रदर्शन गरिरहेकाे र मल सञ्चालकले वार्ताका लागि नबाेलाएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार