काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिएको छ ।
विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै प्रश्न उठेपछि उनलाई निलम्बन गरेको स्राेतले जानकारी दिएकाे छ ।