Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बतास समूहले पशुपति धर्मशालामा सञ्चालन गरेकाे होटलमा सरकारले ताला लगायो


    शुक्रबार, चैत्र २५ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । 

    होटल खाली गर्न धर्मशाला परिसरभित्र प्रवेश गर्न खोजेकाे  सरकारी टोलीलाई बतास समूहका प्रतिनिधिले गेट लगाइदिएपछि कोषले गेटमै ताल्चा लगाएको हो ।

    करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ ।

    बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न भनेपछि सरकारी प्रतिनिधिहरुले भने आफ्नो प्रपर्टी हेर्न पाउनु पर्ने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

    सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।  

    हेर्नुहोस् कोषले टाँसेको सूचनाः

    pashupati-dharmashala-2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार