काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।
सत्ता गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको कोटामा राजदूत सिफारिस गरिएको छ । नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिसमा परेकाहरुमा डिल्लीराज पौडेल, मलेसिया शान्ता रिजाल, इजरायल, ज्योति प्याकुरेल, दक्षिण कोरिया, नरेश विक्रम ढकाल कतार छन् ।
माओवादीको कोटाबाट चीनका लागि बिष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका छन् भने बासुदेव मिश्र श्रीलंका र दानबहादुर तामाङ दक्षिण कोरियाका लागि सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट कैलाश पोखरेल अष्ट्रेलिया, मिलन तुलाधर रसिया, डिल्लीराज पौडेल मलेसियाका लागि सिफारिस भएका छन् ।
स्पेनका लागि सिफारिस भएकी शर्मिला ढकाल पराजुली पनि नेकपा समाजवादीका नेता झलनाथ खनालको सिफारिसमा राजदूत भएको चर्चा छ । उनी यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओमानका लागि राजदूत नियुक्ति भएकी थिइन् । उनी ओलीलाई दाइ भनेर सम्बोधन गर्थिन् । अहिले खनालको कोटामा उनी परेकी छन् ।
डेनमार्कका लागि सिफारिसमा परेका प्राडा रामसुरज यादव र साउदीअरबका लागि नवराज सुवेदी जसपाको कोटामा परेका हुन् । सिफारिस भएका राजदूतहरुको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।
राजदूतका लागि राजनीतिक दलको सिफारिसमा परेकाहरु
विष्णुपुकार श्रेष्ठ, चीन
दानबहादुर तामाङ, दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल, स्पेन
बासुदेव मिश्र, श्रीलंका
मिलन तुलाधर, रसिया
कैलाश पोखरेल, अस्ट्रेलिया
डिल्लीराज पौडेल, मलेसिया
शान्ता रिजाल, इजरायल
ज्योति प्याकुरेल, दक्षिण कोरिया
प्राडा रामसुरज राय यादव, डेनमार्क
नवराज सुवेदी, साउदी अरब
नरेशविक्रम ढकाल
परराष्ट्र मन्त्रालयबाट राजदूतका लागि सिफारिस हुनेहरु
घनश्याम भण्डारी
हरिशचन्द्र घिमिरे
डोरनाथ अर्याल
सुशीलकुमार लम्साल
भरतकुमार रेग्मी
निर्मलराज काफ्ले
दुर्गाबहादुर सुवेदी
तिर्थराज वाग्ले
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend