Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन सम्पन्नः अध्यक्षमा पुनः साँवा निर्विरोध निर्वाचित


    बिहिबार, चैत्र २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनले पुनः एलपी साँवालाई नै अध्यक्षमा चयन गरेको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ एमाले निकट ब्यवसायीहरुको संगठन हो ।

    महासंघको महाधिवेशनबाट महासचिवमा भगिरथ सापकोटा चयन भएका छन् । उपमहासचिवमा सुवर्ण श्रेष्ठ, सचिवमा रघु पुरीलाई चयन गरेको छ ।

    महासघको दोश्रो राष्ट्रिय महाधिवेशनले १७ पदाधिकारी, ११ बस्तुगत संघबाट स्थायी कमिटी र २ सय ५५ जनाको कार्यसमिति निर्विरोध चयन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार