Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगकाे उपाधिका लागि नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स भिड्ने


    बिहिबार, चैत्र २४ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भैरहवा । रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको बिहीबार भएको सेमिफाइनल खेल नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्सले जितेको छ । जितसँगै द्वय टिम फाइनलको यात्रा तय गरेका छन् ।

    तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भइरहेको चौथो संस्करणको खेलमा रोयल शंकरनगरलाई सात विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्ड र दोस्रो सेमिफाइनल खेलमा जेभी वारियर्स लुम्बिनीले मणिग्रामलाई २३ रनले पराजित गरेको हो । 

    पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको रोयल शंकरनगरले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३७ रन मात्र जोड्न सकेको थियो । जसका लागि ओम सारू मगरले १२ रनको योगदान गरे पनि अन्य खेलाडीले रन जोड्न सकेनन् । 

    बलिङतर्फ नेपथ्यका जितेन्द्र यादवले ४, विकेट लिए । जबाफी ब्याटिङमा ३८ रनको झिनो लक्ष्य पाएको नेपथ्यले ६ दशमलव ५ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । 

    जसका लागि विषाद केसीले २२ र विराट भण्डारीले अविजित १५ रन बनाए । बलिङतर्फ  धिरज शाहीले २ विकेट लिए । पहिलो खेलमा जितेन्द्र यादव म्यानअफ द म्याच भए ।

    यस्तै दोस्रो सेमिफाइनल खेलमा सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले निर्धारित २० ओभर मध्ये १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो । जसका लागि वसिर अहमदले ४७, प्रदीप जयसवालले २३ रन बनाए । 

    बलिङतर्फ गौतम केसी र अमरसिहं रौटेलाले ३–३ विकेट लिए । ११८ रनको लक्ष्य पाएको मणिग्राम किंग्सले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाए पछि लक्ष्य पार गर्न सकेन । ९५ रन मात्रै जोडन सकेको टिमले हार व्योहोर्नु पर्‍यो ।

    दोस्रो खेलमा वसिर अहमद म्यानअफ द म्याच भए । शुक्रबार फाइनल खेल बिहान ११ बजे नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स लुम्बिनीबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । 

    यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार