Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक


    बिहिबार, चैत्र २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) का अध्यक्ष  राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकावीच  “सेञ्चुरी क्यालेण्डर( २०७९) सार्वजनिक गरेका छन् ।

    वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंंिकङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार