Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई सशस्त्र प्रहरी महानिरीक्षक खनालको बधाई


    मंगलबार, असार ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बधाई एवं शुभकामना दिएका छन् ।

    खनालले महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेट गरी सफल कार्यकालको शुभकामना सहित बधाई दिएका हुन् ।

    सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापाबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

    भेटका क्रममा प्रहरी महानिरीक्षक थापाले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार