Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मनकामना टिम च्याम्पियन


    आइतबार, चैत्र २० २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।आयोजक मनकामना डोजो प्रथम दिलबहादुर रम्तेल खुला कराँते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । 

    ५ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै मनकामना समग्रमा टिम च्याम्पियन बन्यो ।

    मित्रपार्कस्थित ह्वाइट हेभेन एकेडेमीमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ बुढानीलकण्ठ दोस्रो भयो । 

    तेस्रो स्थानको हायासिया सितोरियो, सिन्धुपाल्चोकले ३ स्वर्ण हात पार्‍यो ।

    प्रतियोगिताको पुरुषमा सिन्धुपाल्चोकका फुर्वासिंह वाइबा तथा महिलामा च्याम्पियन मार्सल आर्ट्सकी योञ्जन लामा उत्कृष्ट खेलाडी घोषित भए ।

    दुईदिने प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको मनकामना डोजोका प्रमुख छत्र ओलेले जनाएका छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार