Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयल निगमले भन्यो- आजदेखि इन्धन आपूर्ति सहज हुन्छ


    आइतबार, चैत्र २० २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले आजदेखि इन्धन आपूर्ति सहज हुने बताएकाे छ ।

    व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको भन्दै निगमले आजदेखि इन्धन आपूर्ति सहज हुने जानकारी दिएकाे हाे ।

    निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीका अनुसार उपत्यकासहित देशै भरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन सुरु गरिएकाे छ । ‘इन्धन उठेको छ, पम्पहरुमा अनलोडका लागि केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुन्छ,’ सहप्रवक्ता कार्कीले भने ।

    काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट तेल उठिरहेको कार्कीले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार