Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सकियाे ओली–प्रचण्ड छलफल, संवाद जारी राख्‍ने सहमति


    मंगलबार, असार ३० २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफल सकिएकाे छ । मंगलबार प्रम निवास बालुवाटारमा भएकाे साे छलफल भर्खरै सकिएकाे हाे । 

    छलफल सकारात्मक भएपनि कुनै ठाेस निष्कर्ष निस्कन भने नसकेकाे बालुवाटार निकट स्राेतले जानकारी दिएकाे छ । निष्कर्ष ननिस्किए पनि नेकपाका दुई अध्यक्षबीच छलफल भने जारी राख्‍ने सहमति भएकाे छ । 

    गत साता बुधबार यी दुईबीच छलफल भएपनि कुनै ठाेस निष्कर्ष निस्कन सकेकाे थिएन । याे बीचमा बाढी तथा पहिराेकाे प्रकाेपका कारण भन्दै नेकपाकाे स्थायी समिति बैठक एक साताकाे लागि स्थगित भएकाे थियाे । स्थायी समिति बैठकसँगै दुई अध्यक्षबीचकाे छलफल समेत राेकिएकाे थियाे ।

    पार्टी नै फुट्ने अवस्था आएकाे नेकपा विवादकाे धार पछिल्लाे समय परिवर्तन भएकाे छ । विशेषगरी प्रचण्डले चितवनमा कार्यकर्ता माझ बाेल्दै पार्टी फुट्न नदिने उद्घाेष गरेसँगै नेकपाकाे विवाद मिल्ने दिशामा गएकाे आँकलन गरिएकाे छ । 

    यसअघि आफ्नाे सरकार भारतले ढाल्न लागेकाे र त्याे षड्षन्त्रमा आफ्नै पार्टीका नेता संलग्‍न रहेकाे सार्वजनिक अभिव्यक्ति प्रम ओलीबाट आएपछि पार्टीका वरिष्ठ नेताहरु उनीसँग चिढिएका थिए । 

    साेमबार पनि प्रम ओलीले भानु जयन्तीकाे अवसरमा आयाेजित कार्यक्रममा भगवान रामकाे जन्मभूमि बारे टिप्पणी गरेसँगै अहिले त्याे विषयले चर्चा पाइरहेकाे छ । पछिल्लाे समय नेपालकाे कुटनीति कमजाेर भएकाे चर्चाकाबीच आएकाे प्रमकाे यस्ताे अभिव्यक्तिकाे विषयमा समेत दुई अध्यक्षबीच छलफल हुने बताइएपनि यसमा सामान्य गफ मात्रै भएकाे स्राेतकाे दावी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार