काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफल सकिएकाे छ । मंगलबार प्रम निवास बालुवाटारमा भएकाे साे छलफल भर्खरै सकिएकाे हाे ।
छलफल सकारात्मक भएपनि कुनै ठाेस निष्कर्ष निस्कन भने नसकेकाे बालुवाटार निकट स्राेतले जानकारी दिएकाे छ । निष्कर्ष ननिस्किए पनि नेकपाका दुई अध्यक्षबीच छलफल भने जारी राख्ने सहमति भएकाे छ ।
गत साता बुधबार यी दुईबीच छलफल भएपनि कुनै ठाेस निष्कर्ष निस्कन सकेकाे थिएन । याे बीचमा बाढी तथा पहिराेकाे प्रकाेपका कारण भन्दै नेकपाकाे स्थायी समिति बैठक एक साताकाे लागि स्थगित भएकाे थियाे । स्थायी समिति बैठकसँगै दुई अध्यक्षबीचकाे छलफल समेत राेकिएकाे थियाे ।
पार्टी नै फुट्ने अवस्था आएकाे नेकपा विवादकाे धार पछिल्लाे समय परिवर्तन भएकाे छ । विशेषगरी प्रचण्डले चितवनमा कार्यकर्ता माझ बाेल्दै पार्टी फुट्न नदिने उद्घाेष गरेसँगै नेकपाकाे विवाद मिल्ने दिशामा गएकाे आँकलन गरिएकाे छ ।
यसअघि आफ्नाे सरकार भारतले ढाल्न लागेकाे र त्याे षड्षन्त्रमा आफ्नै पार्टीका नेता संलग्न रहेकाे सार्वजनिक अभिव्यक्ति प्रम ओलीबाट आएपछि पार्टीका वरिष्ठ नेताहरु उनीसँग चिढिएका थिए ।
साेमबार पनि प्रम ओलीले भानु जयन्तीकाे अवसरमा आयाेजित कार्यक्रममा भगवान रामकाे जन्मभूमि बारे टिप्पणी गरेसँगै अहिले त्याे विषयले चर्चा पाइरहेकाे छ । पछिल्लाे समय नेपालकाे कुटनीति कमजाेर भएकाे चर्चाकाबीच आएकाे प्रमकाे यस्ताे अभिव्यक्तिकाे विषयमा समेत दुई अध्यक्षबीच छलफल हुने बताइएपनि यसमा सामान्य गफ मात्रै भएकाे स्राेतकाे दावी छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend