Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेरो ज्यान जोखिममा छ : खान 


    शनिबार, चैत्र १९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी
    इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । 

    आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले  देशको शक्तिशाली सेनाले आफूलाई  तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधी निर्वाचन र  प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । 

    आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे । ‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई  जानकारी गराउन चाहन्छु । विपक्षीले  मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार