Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘नेपाल बैंक लिमिटेडको शाखा अधिकृत हुँ’ भन्दै ठगी गर्ने पक्राउ


    मंगलबार, असार ३० २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कैलाली । ‘नेपाल बैंक लिमिटेडको शाखा अधिकृत हुँ’ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । १२ लाख दिए बैंकबाट तीन करोड ५० लाख ऋण निकालिदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

    कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४४ की महिलालाई ठगी गर्ने दार्चुला लेकम गाउँपालिका १ बस्ने ३२ वर्षीय पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

    दश लाख ठगी गरी थप दुई लाख माग गरी रहेको अवस्थामा पिडित महिलाले उजुरी गरेपछि भट्टसहित डोटीको आदर्श गाउँपालिका वडा न. ३ की ३५ वर्षीया सन्जा कुमारी कठायत रोकाया समेतलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता प्रतीक विष्टले बताए।

    भट्टको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आइएमईका भौचर समेत बरामद गरिएको विष्टले बताए।

    उनीहरूविरूद्ध ठगी शिर्षकमा मुद्दा दर्तापछि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

     

    पक्राउ परेका भट्ट सोभन्दा पहिले पनि अपहरण तथा जबरजस्ती चोरीमा समेत मुद्दा चली पुर्पक्षका लागि कारागार गई पछि धरौटी तारेखमा छुटेका थिए।

    अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुन सक्ने देखिएपछि उनीहरूबारे पहिचान भएमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार