Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नाट्टामा गठबन्धनका थापाको प्यानलै बिजयी, एमालेनिकट बस्नेतको समूह पराजीत


    शुक्रबार, चैत्र १८ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । पेशागत संगठनहरुमा एमालेकोे पराजयको क्रम जारी छ । पत्रकार महासंघदेखि सुरु भएको एमालेको पराजयको यात्रा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)मा आइपुगेको छ । नाट्टामा एमालेनिकट समूह पराजीत भएको छ । 

    नाट्टाको अध्यक्षमा सत्तारुढ गठबन्धन समर्थक रमेश थापाको समूह बिजयी भएको छ । सहकोषाध्यक्ष र एक सदस्यबाहेक १३ पदमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । १५ सदस्यीय नाट्टाको कार्यसमितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी निकट समूहका उम्मेदवार बिजयी भएका छन् ।  

     नाट्टाको बिहीबार सम्पन्न ५५ औँ वार्षिक साधारणसभा एवं २३ औँ निर्वाचनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । थापाले २ सय ३८ मत प्राप्त मत प्राप्त गरेका थिए भने पराजीत भएका एमालेनिकट विनय बस्नेतले १ सय ५७ मत प्राप्त गरेका थिए ।  विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् । 

    नाट्टाको वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वल्र्डवेज टुर्स एण्ड ट्राभल्सका सञ्चालक वरुण मेहता, महासचिवमा प्रिसियस ट्राभल्स एण्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया, सचिवमा शाहस होलिडे इन्टरनेशनलका सञ्चालक युविका भण्डारी, कोषाध्यक्षमा वल्र्ड फेभर ट्राभल्स एण्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा र सहकोषाध्यक्षमा रियान ट्राभल्स एण्ड टुर्सका सञ्चालक गीता ढकाल (रेजु) निर्वाचित भएका छन् । 

    त्यसैगरी कार्यसमिति सदस्यमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका सञ्चालक विष्णु पाण्डे, होलिडे एडभेञ्चर टुर्सका सञ्चालक ढकनाथ काफ्ले, अक्सफोर्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक नमराज भेटवाल, प्रिजेन्ट ट्राभल्सका सञ्चालक पर्शुराम घिमिरे, अस्विता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका सञ्चालक रामशोभित नायक, इन्द्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक सवला भण्डारी, डालिमा टुर्स एण्ड ट्राभल्सका सञ्चालक डेन्डी शेर्पा र एएनटी होलिडेका सञ्चालक श्रद्धा जोशी विजयी भएका छन् । 

    देशभर दुई हजारभन्दा बढी टुर्स एण्ड ट्राभल्स भए पनि निर्वाचनमा ४४९ टुर्स एण्ड ट्राभल्सको सहभागिता थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार